फागुनमा १७ फिल्मले निर्माण इजाजत लिए, निखिलले ‘आचार्य’ बनाउने फागुनमा १७ फिल्मले निर्माण इजाजत लिए, निखिलले ‘आचार्य’ बनाउने

निखिल उप्रेतीले ‘आचार्य’ नामक सिनेमा निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

चलचित्र विकास बोर्डबाट लिइएको निर्माण इजाजतमा कलाकारमा उनको र संचिता लुइँटेलको नाम राखिएको छ ।

यस्तै यो फिल्म निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा बन्नेछ ।

निखिलले यसअघि ‘भैरव’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेका थिए।

अभिनेताका रुपमा यो सिनेमाले उनलाई ७ वर्षपछिको रजतपटमा पुनरागमन गराउनेछ ।

निखिलका अलावा फागुन महिनामा १७ फिल्मले निर्माण इजाजत लिएका छन्

चलचित्र विकास बोर्डका अनुसार १७ फिल्मले फागुनमा मात्र निर्माण इजाजत लिएका छन् ।

ती १७ फिल्ममध्ये हाल ‘अन्जिला’बाट सफलताको स्वाद चाखिरहेका निर्देशक चाम्सको ‘सुम्निमा’ पनि रहेको छ ।

त्यसैगरी लक्ष्मण सुनारले ‘रेलको बाटो’, प्रशान्त गिरीले ‘जवाफ’, ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्मातामध्येका विनोद पौडेलले ‘अभिमन्यू’, अमरदीप सापकोटाले ‘घुम्ती नेर लेट भयो’ र ‘साँचो ताल्चा’, ‘कार्साङ’ निर्देशक याम शेर्पाले सिर्जना निङ्लेखुलाई लिएर ‘मिरमिरे’ निर्माणको इजाजत लिएका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti