बलिउड स्क्रिप्ट राइटर भवानी अयरको पटकथा लेखन कार्यशाला सुरु बलिउड स्क्रिप्ट राइटर भवानी अयरको पटकथा लेखन कार्यशाला सुरु

शिक्षा फाउण्डेसनको आयोजनामा नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु भएको छ।

बलिउड स्क्रिप्ट राइटर भवानी अयरले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि फिचर सिनेमाको पटकथा लेखन कार्यशाला सोमबारबाट सुरु गरेकी हुन् ।

शिक्षा फाउण्डेसन नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था हो । ‘कथासथा’सँगको सहकार्यमा फाउण्डेसनले कार्यशाला गरेको हो ।

कार्यशाला चैत ७ गतेसम्म चल्नेछ ।

कार्यशालामा १६ जना नेपाली स्क्रिप्ट राइटर सहभागी छन् । विभिन्न विधा र पृष्ठभूमिका १६ पटकथा लेखकहरू कार्यशालामा छनोट गरिएका हुन् ।

कार्यशालाले नेपाली पटकथा लेखकलाई आफ्नो कलालाई निखार्न, आफ्नो पटकथामा भवानीबाट महत्वपूर्ण प्रतिक्रिया लिन अवसर प्रदान गर्ने ठानिएको छ । कार्यशालाले पटकथा लेखनका विभिन्न पक्षलाई समेट्नेछ, जसमा कथाको मूल मर्म पत्ता लगाउन, लेखकको क्षमता पहिचान गर्न, चरित्र निर्माण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

लेखकले आफ्नो फिचर सिनेमाको स्क्रिप्टमा प्रतिक्रिया लिने अवसर प्राप्त गर्नेछन् । कार्याशालाको अन्तिम दिन उनीहरूले आफ्ना पटकथाहरू नेपाली सिनेमा निर्मातालाई पिच गर्नसक्ने बताइएको छ ।

कार्यशालामा सहभागिताका लागि कम्तिमा एउटा फिचर सिनेमाको पटकथा लेखेका नेपाली लेखकलाई खुला आह्वान गरिएको थियो ।

भवानी स्क्रिनप्लेराइटिङमा थुप्रै अवार्ड विजेता स्क्रिनप्ले राइटर हुन् ।

उनी ल्यान्डमार्क सिनेमा ‘ब्ल्याक’, ‘गुजारिस’, ‘लुटेरा’, ‘राजी’, ‘साम बहादुर’ र वेब सिरिज ‘काफिर’, ‘ब्रेथः इनटु द स्याडो’, ‘द एम्पायर’जस्ता ऐतिहासिक सिनेमाका पटकथा लेखक हुन् ।

भवानीले विभिन्न पटकथा लेखन प्रयोगशालाहरूमा मेन्टरको काम गर्दै आएकी छन् । भारतसँगै विदेशका विभिन्न संस्थानहरूमा अध्यापन पनि गराउँदै आएकी छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti