‘आउटलः दफा २१९’ को बक्स अफिसमा राम्रो कमाइ, ४ दिनमा कमायो २ करोड ३ लाख ‘आउटलः दफा २१९’ को बक्स अफिसमा राम्रो कमाइ, ४ दिनमा कमायो २ करोड ३ लाख

सिनेमा ‘आउटलः दफा २१९’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। बिहीबारदेखि रिलिजमा आएको यो सिनेमाले दर्शकको सुखद साथ पाइरहेको छ।

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो सिनेमाको हालसम्मको कमाइको आँकडा सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको विवरणअनुसार, यो सिनेमाले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको छ। निर्माण पक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो।

नायक सुशील श्रेष्ठले पनि दर्शकहरूको अपार माया पाउँदै सिनेमा राम्रो कमाइ गरिरहेको उल्लेख गरेका छन्।

एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो सिनेमाले न्यायको विषय उठान गरेको छ। सिनेमाको कथावस्तु, प्रस्तुति, र मेकिङलाई दर्शकले निकै रुचाएका छन्। यही कारणले पनि दर्शकको आकर्षण सिनेमाप्रति बढेको हो।

सिनेमामा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारको अभिनय छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti