यस्तो बन्यो बिपिन कार्की स्टारर ‘कर्मा’को टिजर ? यस्तो बन्यो बिपिन कार्की स्टारर ‘कर्मा’को टिजर ?

बिपिन कार्की स्टारर फिल्म कर्मा को टिजर रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै बिपिन कार्की स्टारर एक्सन फिल्मको टिजर रिलिज गरिएको हो । मल्टीस्टारर फिल्मको टिजरमा एक्सनसँगै इमोशन पनि महसुश गर्न सकिन्छ । टिजर :

‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, सुजेन सिलवाल, अनिल बुढाथोकी, वेन बस्नेत, निर्मल शर्मा लगायत अन्य कलाकारहरु अभिनय छ । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका छन् । टिजर रिलिज प्रेसमिटमा अभिनेता कार्की अर्को फिल्मको छायाँकनका कारण उपस्थित थिएनन् ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको छ । फिल्म ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti