अन्ततः फिल्म ‘राजागंज’ सेन्सर वोर्डबाट पास भएको छ । दीपक रौनियार निर्देशित फिल्मलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यहरुमा कैंची चलाउँदै सेन्सर वोर्डले प्रदर्शन अनुमति दिएको हो ।

बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाउँदै सेन्सर रोकेको थियो । फिल्मकर्मीले यस्मा विरोध जनाएका थिए ।
चलचित्र जाँच पास समितिबाट पास भएसँगै राजागञ्ज प्रिमियर र प्रदर्शनमा सहजता भएको छ । फिल्ममा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, निकिता चाण्डक, बिजय बराल, गौमाया गुरुङ लगायत अन्य कलाकारहरुको अभिनय छ ।