फिल्म ‘मितज्यू’ मा तेरिया फौजा मगर अनुबन्धित भएकी छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म अभिनेता दयाहाङ राई यसअगाडी नै अनुबन्धित भैसकेका छन् । यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् ।

तेरियाको प्रवेशसँगै फिल्मको चर्चा बढ्ने देखिन्छ । नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ । उनले नेपाली सिनेमा ’मितज्यू’मा अभिनय गर्ने कर्न्फम भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ ।
जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।
आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।