‘कर्मा’ बाट अभिनेत्री उपासनासिंह ठकुरीको लुक्स रिलिज ‘कर्मा’ बाट अभिनेत्री उपासनासिंह ठकुरीको लुक्स रिलिज

फिल्म ‘कर्मा’ बाट अभिनेत्री उपासनासिंह ठकुरीको लुक्स रिलिज गरिएको छ । विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माण पक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा उनी सामान्य कुर्था सुरुवालमा देखिएकी छन् । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टर बाहेक अन्य खासै केही देखाइएको छैन ।

फिल्म ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो फिल्ममा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti