‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्छ ‘: निर्माता र निर्देशक ‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्छ ‘: निर्माता र निर्देशक

फिल्म ‘आउटलः दफा २१९’ बिहिबार फागु पूर्णीमाको दिनबाट नयाँ रिलिज हुँदैछ । यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरि फिल्मका निर्माता हुन् ।

यो फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको भनाई निर्देशक महर्जनको छ । महर्जन भन्छन्–‘यो फिल्ममा एक्सन मात्र छैन । एक्सनसँगै फिल्मले नेपालको महत्वपूर्ण बिषयलाई उठान गरेको छ । फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन ।’ निर्देशक महर्जनले यो कथा कसैको जीवनसँग नमिल्ने पनि दाबी गरे । भने–‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ ।’

यता, फिल्मका निर्माता अमित अग्रहरि पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् । उनले भने–‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर फिल्म बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’

उनले, नेपालमा पछिल्लो समय बनिरहेका फिल्म भन्दा विल्कुलै फरक फिल्म ‘आउटलः दफा २१९’ बनेको दाबी गरेका छन् । भने–‘हामीले एक्सन फिल्म त हेरेका छौं तर त्यसमा फिल नै आउन सकेको छैन । आउटलले त्यो महशुश गराउँछ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिनु भएको छ । यो हाम्रो सफलता हो । फिल्मले अर्को फिल्म बनाउने पैसा उठायो भने पनि म खुशी हुन्छु ।’

फिल्मको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो फिल्मले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti