‘खेल’को शिर्ष गीतमा हेनादेखि सुरक्षासम्म ‘खेल’को शिर्ष गीतमा हेनादेखि सुरक्षासम्म

फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ’स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् । फिल्म खेल आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीत :

गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोला राज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरू रहेका छन् । साथै, गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन्।

चलचित्र ‘खेल’ लाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ ।

अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti