गीत : उत्साहजनक ओपनिङपछि क्लवमा ‘होस्टेल ३’ का योङस्टार गीत : उत्साहजनक ओपनिङपछि क्लवमा ‘होस्टेल ३’ का योङस्टार

सफलताका साथ प्रदर्शनरत फिल्म ’होस्टेल ३’को क्लब गीत ’राजा रानी’ सार्वजनिक गरिएको छ । फिल्मको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा यो गीत सार्वजनिक गरिएको हो । गीत :

किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ । गीतमा आश्मा विश्वकर्माको पावरफुल नृत्य पस्केकी छन् । गीतमा ’होस्टेल ३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन् भने कलाकार पारस बम ’कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । फिल्मले अपेक्षाभन्दा व्यापक रूपमा सफलता प्राप्त गरेको वितरकहरुले बताएका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् । सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti