सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘फेरि रेशम फिलिली’ मासवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ । गीत :
फिल्मको सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन् ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनले नै लेखेका हुन् ।