हरितालिका तीजमा ‘जनै हराएको बाहुन’ आउने हरितालिका तीजमा ‘जनै हराएको बाहुन’ आउने

बिजय बराल स्टारर फिल्म ‘जनै हराएको बाहुन’ आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने भएको छ । यो फिल्म नेपाल र विदेशमा एकै दिन प्रदर्शन हुने निर्माण टिमको भनाई छ।

फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता बराल र मनिष राउत मुख्य भूमिकामा छन् । फिल्ममा आमा र छोराबीचको भावानात्मक सम्बन्धलाई देखाइनेछ।

फिल्मको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । यो फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् । फिल्मको छायाँकन यो बर्षको अन्त्यसम्मबाट सुरु हुने बताइन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti