पल र दीपिका स्टारर ‘मायावी’को नयाँ गीत रिलिज पल र दीपिका स्टारर ‘मायावी’को नयाँ गीत रिलिज

वुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शन भैरहंदा निर्माण पक्षले फिल्मको सबैभन्दा पावरफूल मानिएको गीत सार्वजनिक गरेको हो।

एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा फिल्म हेरेका दर्शकले पनि निकै रुचाएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि फिल्ममा नेम महर्जनको पनि लगानी छ ।
फिल्मले शनिबार सहित आगामी दिनमा दर्शक बढाउने अपेक्षा गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti