हरितालिका तीजमा केदार र बर्षाको ‘माग्ने राजा’ लाग्ने हरितालिका तीजमा केदार र बर्षाको ‘माग्ने राजा’ लाग्ने

अभिनेता केदार घिमिरे स्टारर फिल्म ’माग्ने राजा’ आगामी हरितालिका तीजमा प्रदर्शनमा आउने भएको छ । सोमबार फेसबुक मार्फत माग्ने बुढाले आफ्‌नो फिल्म उक्त मितीमा आउने जानकारी गराएका हुन्।

’आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ हाल जेरी अनटपको छायाँकनमा व्यस्त कलाकार घिमिरेले लेखेका छन् ।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, र शिशिर वाङ्देलको अभिनय हुनेछ।


आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा मुनाल घिमिरेको लगानी रहनेछ । फिल्मको छायाँकन चाँडै नै सुरु हुँदैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti