प्रकाश दूतराजले गर्ने भए फिल्ममा डेब्यु, जोडी बनिन् साम्राज्ञी प्रकाश दूतराजले गर्ने भए फिल्ममा डेब्यु, जोडी बनिन् साम्राज्ञी

चर्चित गायक प्रकाश दूतराजले फिल्म डेब्यु गरेका छन् । दूतराजले ‘आहुति : द वे अफ चेन्ज’बाट डेब्यू गर्न लागेका हुन् ।

फिल्मको हाल पाँचथरको सुभाङमा धमाधम छायांकन भइरहेको छ । फिल्ममा दूतराजको साथमा अभिनेत्री साम्राज्ञी शाह तथा रिहान गिरीको प्रमुख भूमिका रहेको छ ।

फिल्ममा साम्राज्ञीसँग प्रकाशको जोडी फिल्ममा देख्न पाइनेछ । अभिनेत्री साम्राज्ञीले सेयर गरेको फोटोमा प्रकाश र उनलाई गाउँले अवतारमा देख्न सकिन्छ ।

फिल्मका निर्माता तथा निर्देशक भवानी संग्रौला हुन् ।

दूतराज रिमै, घर कता हो बैनीको, रेशम, जाम भो माइली आदि गीतका लागि चर्चित छन् ।

प्राप्त खबर अनुसार फिल्म दुई भागको हुनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti