अन्ततः म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीको ठूलो पर्दाको डेब्यू साकार हुने भएको छ।
लामो समयदेखि फिल्ममा डेब्यू गर्न प्रयासरत उषालाई यो मौका अभिनेता निखिल उप्रेतीको ‘आचार्य’ फिल्मबाट मिलेको हो।
फिल्मलाई निखिलले निर्देशन तथा निर्माण गर्नेछन्।
उषा उप्रेतीले सामाजिक सञ्जालमा निखिल र अभिनेत्री सन्चिता लुइँटेलसँगको फोटो पोस्ट गर्दै आफ्नो डेब्यू फिल्मको जानकारी दिएकी छन्।
‘नयाँ यात्रा सुरु हुन्छ। साहसिक यात्रा पर्खिरहेको छ,’ उनले पोस्टको क्याप्सनमा लेखेकी छन्।
फिल्मको छायांकन जेठ महिनामा गर्ने योजनामा निखिल–सन्चिता रहेको बताइन्छ।
फिल्म एक्सन जनरामा निर्माण हुने अनुमान गरिएको छ।
निखिल केही समयअघि दक्षिण भारतीय एक्सन प्रविधिकहरूसँग प्याराग्लाइडिङ अभ्यास गरिरहेको भिडियो सार्वजनिक भएको थियो।