फ्राइडे रिलिज : देशभर लागे ‘भूठान’ र ‘खेल’, कस्तो आउला नतिजा ? फ्राइडे रिलिज : देशभर लागे ‘भूठान’ र ‘खेल’, कस्तो आउला नतिजा ?

नेपाली वक्सअफिसमा ३ नयाँ फिल्म रिलिज भएका छन् जसमा नेपालीभाषाका दुई फिल्म ‘खेल’ र ‘भूठान’ छन् भने भारतीयतर्फ ‘ओइ भुत्नी के’ रहेको छ ।

यसैगरी आमिर खान र सलमान खान अभिनित क्लासिक कल्ट कमेडी ‘अन्दाज अपना अपना’ समेत रिरिलिज भएको छ ।

हरिवंश आचार्यको केन्द्रीय भूमिका रहेको ‘भूठान’लाई ११० शो पाएको छ भने सुरक्षा पन्त स्टारर ‘खेल’ले ८७ शो पाएको छ । यस्तै भारतीय फिल्म ‘ओइ भुत्नी के’ले ‘४२ शो’ पाएको छ ।

यी बाहेक नेपाली वक्स अफिसमा अञ्जिला, लाज शरणम्, पिताम्बर, होस्टल ३, वसन्त,  केशरी २, जाट लगायतका ९ फिल्म प्रदर्शनरतः छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti