उत्कृष्ट भ्यूज र प्रतिक्रियासहित ट्रेन्डिङको उकालो यात्रामा ‘नरसिंहा अवतार’को ‘अच्छा लेकिन’ उत्कृष्ट भ्यूज र प्रतिक्रियासहित ट्रेन्डिङको उकालो यात्रामा ‘नरसिंहा अवतार’को ‘अच्छा लेकिन’

‘नरसिंहा अवतार’ फिल्मका लागि पुनःनिर्माण गरिएको ‘अच्छा लेकिन’ गीतले यूट्यूबमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

गीतले यूट्यूबमा रिलिज भएको दुई दिनमै १ मिलियन (१० लाख) भ्यूज प्राप्त गरेको छ। यससँगै गीतले अत्यन्त सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

भ्यूजसँगै गीत ट्रेन्डिङ मा समेत उकालो लाग्ने क्रममा रहेको छ। यो समाचार तयार पार्दासम्म गीत संगीततर्फ छैटौँ स्थानमा ट्रेन्ड भइहेको छ।

गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको युगल स्वर थियो भने, नयाँ संस्करणमा शम्भुजित बास्कोटा र रचना रिमालको युगल स्वर समावेश गरिएको छ। गीतको शब्द र संगीत दुबै शम्भुजित बास्कोटाकै हुन्।

दर्शकहरूले गीतलाई अत्यधिक रुचाइरहेका छन्, र टिकटक रिल्सहरूमा समेत उल्लेख्य सङ्ख्यामा भिडियोहरू बनिरहेका छन्।

गीतको भिडियो कविराज गहतराजको कोरियोग्राफीमा तयार गरिएको हो, जसलाई राजु विक्रम थापाले छायांकन गरेका छन् भने साहिल खानले सम्पादन गरेका हुन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू—राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, साथै बाल कलाकार एभेलिना खड्का र समाइरा थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। कविराजले भिडियोको कोरियोग्राफी आकर्षक बनाएका छन्, जसमा सबै कलाकारहरूको नृत्य उत्कृष्ट देखिन्छ।

एक्सन ड्रामा श्रेणीमा रहेको यो फिल्म जेठ ९ गते रिलिज हुँदैछ। फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन्। फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको छायांकन (DOP), समीर मियाको VFX र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

फिल्मको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन्। यो फिल्म क्रियटिभ सिने आर्ट्सको प्रस्तुति हो। यसका लगानीकर्ता नेम महर्जन हुन् भने सह-लगानीकर्ताहरूमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti