गायक प्रताप दासले आफ्नो स्वरमा नेवारी गीत ‘स्वयम्भूया तं’ सार्वजनिक गरेका छन्। यसै साता रिलिज भएको यो युगल गीतमा उनले गायिका निशा देशारसँग सहकार्य गरेका छन्।
गीतका रचनाकार चण्डेश्वर महर्जन हुन् भने संगीतकार रामकुमार नेपाली हुन्। सार्वजनिक गीतले स्वयम्भू घुम्न गएका केटा–केटीबीच भएको प्रेमिल आकर्षणलाई विषय बनाएको छ।
गीतमा कमल सौरगंको संगीत संयोजन तथा सुमन रानामगरको मिक्सिङ र मास्टरिङ रहेको छ।
यस्तै, गीतको भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनले नै गरेका हुन्।
भिडियोमा अनिमेश श्रेष्ठ र सुजता श्रेष्ठले अभिनय गरेका छन्।
भिडियोका क्यामराम्यान दिनेश पराजुली हुन् भने सम्पादन राकेश दाहालले गरेका छन्।