‘भूठान : द वर्ल्ड ह्यापिएस्ट म्यान’को ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले भुटानबाट जबजस्ती लखेटेिएका वृद्धको मरणअघि एकपटक आफ्नो जन्मभूमि फर्किने चाहानाको कथा पेस गर्छ । यसका साथमा पुर्वासमार्फत अमेरिकामा बसिरहेका नेपालीभुटानी समाज र परिवारको कथासमेत फिल्मले प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ ।
विनोद पौडेल निर्देशित फिल्म वैशाख १२ गते रिलिज हुँदैछ ।
फिल्ममा हरिवंश आचार्य, अदिती प्याकुरेल, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी लगायतको अभिनय छ ।
म्याड मंकी फिल्म्सको प्रस्तुतिमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट एलएलसी, एभरेस्ट इन्टरटेनमेन्ट युएसए र अवेकन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।