‘के घर के डेरा : घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक ‘के घर के डेरा : घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा: घर नं २’को टिजर सार्वजनिक भएको छ।

टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेसहित अन्य मुख्य कलाकारहरूले विशेष स्थान पाएका छन्।

टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ। आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा देखाइएको छ।

काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ। पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटिएको देखाइएको टिजरले समग्र कथावस्तु फिल्मले उठाउने कुरा स्पष्ट पारेको छ।

पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ।

पृथ्वी एक डेराको रूपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकोले “तेरो र मेरो” भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख गरिएको छ। टिजरमार्फत फिल्मले गम्भीर कथा प्रस्तुत गर्ने कुरा स्पष्ट पारेको छ।

यसअघि निर्माण पक्षले गत बिहीबार फिल्मका मुख्य कलाकारलाई विशेष स्थान दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो।

‘के घर के डेरा: घर नं २’ जेठ २ मा रिलिज हुँदैछ। फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन्। यो उनको पहिलो सिनेमा हो।

कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ। ‘के घर के डेरा: घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti