नायिका उपासना सिंह ठकुरीले आफू कर्मा को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्मा को एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् ।
“म कर्मा मा एक्सन अवतारमा छैन । तर, कर्मा मा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,” उपासना भन्छिन्, “मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । तर, अब काम गर्ने रहर छ ।”
एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने कर्मा मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको बताइन् ।
“मलाई पनि एक्सन सिनेमा काम गर्ने रहर छ । अरु क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन सिनेमाबाट अफर आओस भन्नेछ,” उपासना भन्छिन्, “म एक्सन सिनेमाबाट अफर आउँछ भन्ने पर्खाइमा छु ।”
उनले एक्सन फिल्मबाट अफर आउने विश्वास समेत व्यक्त गरेकी छन् । सौरभ चौधरीले आफ्नो फिल्म खिच्दा त्यसको प्रभाव उपासनामा परेको हो । एक्सन सिनेमा काम गर्न आफू जस्तो सुकै तयारी गर्न पनि तयार रहेको उनले बताएकी छन् ।
कर्मा मा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । कर्मा र उपासनासँगै कर्मा का सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र कर्मा आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको कर्मा ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
कर्मा ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने कर्मा मा वसन्त लम्सालको लगानी रहेको छ ।
निर्देशक चौधरीको अगस्त्यः च्याप्टर १ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।