‘अभिमन्यु’को छायांकन सुरु, दुई सेड्यूलमा खिचिने ‘अभिमन्यु’को छायांकन सुरु, दुई सेड्यूलमा खिचिने

‘पूर्ण बहादुरको सारंगी’ का निर्माता विनोद पौडेलको नयाँ फिल्म अभिमन्यु को छायांकन सुरु भएको छ।

फिल्मको छायांकन काठमाडौंबाट सुरु गरिएको हो।

डेब्यू निर्देशक सुशान्त गौतमको निर्देशनमा बन्ने फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ आदिको अभिनय रहनेछ।

काठमाडौं तथा चितवनमा छायांकन हुने फिल्म दुई सेड्यूलमा खिचिनेछ।

मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि फिल्म बाटो: रोड टु डेथ निर्देशन गरेका थिए।

यस फिल्ममा शरद महतो छायांकन निर्देशक (DOP) रहनेछन्।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

आगामी वर्ष भदौ २७ गते रिलिज हुने घोषणा गरिएको फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथा प्रस्तुत गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti