‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ यति धेरै प्रेमिल देखिए प्रकाश-स्वस्तिमा ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ यति धेरै प्रेमिल देखिए प्रकाश-स्वस्तिमा

चैत २२ गते रिलिज हुने ‘वसन्त’ सिनेमाले नयाँ गीत रिलिज गरेको छ । सिनेमाको ‘ हेर्दैं आँखामा’ बोलको गीत रिलिज गरेको हो।

गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीको युगल स्वर रहेको छ । गीतका रचनाकार तथा संगीतकार दुबै यो सिनेमाका लेखक निर्देशकसँगै शीर्षक भूमिकामा रहेका प्रकाश सपुत हुन्।

सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सिनेमामा प्रकास र स्वस्तिमाका अलावा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti