फिल्म मायावीको प्रोमो युटुवको शिर्ष स्थानमा पर्न सफल भएको छ । पल शाह र दीपिका प्रसाईं स्टारर फिल्मको प्रोमोमा तेह्र लाख भन्दा भ्युज छ र सकारात्मक प्रतिक्रिया छ ।
फिल्म मायावी महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमोले पाएको सफलताले फिल्मलाई सहयोग गर्ला ? प्रोमोसँगै मायावीको गीत टलटल टल्कियो टिकटक र रिल्समा हिट छ ।
फिल्म मायावी मा दवाकार भट्टराईको कथा, लखेन, र निर्देशन छ । फिल्ममा पल र दीपिका सँगै प्रशान्त ताम्रकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय छ भने समिम खान फिल्ममा नव प्रस्तुतीको रुपमा रहेको छन् ।