८ वर्षपछि सिनेमाको डबिङमा राजेश हमाल, भने- दर्शकका लागि ‘नरसिंहाः अवतार’ सरप्राइज ८ वर्षपछि सिनेमाको डबिङमा राजेश हमाल, भने- दर्शकका लागि ‘नरसिंहाः अवतार’ सरप्राइज

नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ।

फिल्मका निर्देशक दिवाकर भट्टराईले अन्य सबै कलाकारहरूको डबिङ पनि पूरा भइसकेको जानकारी दिएका छन्। अब केही दिनमै फिल्म तयार हुने उनको भनाइ छ।

डबिङमा राजेश हमालले बोले – ‘के तपाईं मलाई वेवकुफ सम्झिनुहुन्छ कि साँच्चिकै पागल?’

डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै आशावादी र उत्साहित देखिए।

‘दर्शकले यस पटक मलाई फरक अवतारमा देख्नुहुनेछ। दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ,’ हमालले भने।

फिल्मको प्रदर्शन मिति सहितको फर्स्ट लुक भोलि सार्वजनिक गर्ने तयारी गरिएको छ। यस फिल्ममा राजेश हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीव जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय छ।

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत रहेको छ।

दिवाकर भट्टराईले लेखन गरेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। फिल्मका लागि क्रिएटिभ सिने आर्ट्सका निर्माता नेम महर्जन रहेका छन् भने करण सिंह प्रोडक्सन डिजाइनर हुन्। एसोसिएट निर्देशक वसन्त अधिकारी हुन्।

आठ वर्षपछि नायक हमाल यो फिल्मबाट कमब्याक गर्दैछन्। त्यसैले, उनको पुनरागमन कस्तो हुनेछ भन्ने कौतूहलता दर्शकमाझ छ। हमालले पनि यस फिल्मलाई महत्वाकांक्षी प्रोजेक्टको रूपमा हेरेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti