“कलश: एक उज्यालो मन” डकुमेन्ट्री सार्वजनिक “कलश: एक उज्यालो मन” डकुमेन्ट्री सार्वजनिक

सामाजिक कार्यमा समर्पित कलश रिमालको प्रेरणादायी यात्रा समेटिएको “कलश: एक उज्यालो मन” नामक डकुमेन्ट्री युट्युब च्यानल “शिक्षा बाइ कलश” मार्फत सार्वजनिक गरिएको छ।

सानै उमेरदेखि समाजसेवामा सक्रिय कलश रिमालद्वारा स्थापित गैर-नाफामूलक संस्था “शिक्षा बाइ कलश” को उद्देश्य, कार्यहरू, र प्रभावबारे प्रस्तुत गरिएको यो डकुमेन्ट्री विशेष गरी कलश र उनकी आमा, चर्चित अभिनेत्री जल शाहको नेपालका दुर्गम क्षेत्रको यात्रामा केन्द्रित छ।

पूरा डकुमेन्ट्री “Shikshya by Kalash” युट्युब च्यानलमा हेर्न सकिन्छ।

यस यात्राको क्रममा उनीहरूले काभ्रेको चौरी देउराली गाउँ पुगेर त्यहाँका ५५ जना विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेका थिए। सामाजिक कार्यप्रति समर्पित कलश रिमालको यो अभियानले धेरैलाई प्रेरित गर्ने विश्वास गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti