‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक ‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक

सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने सिनेमाको ४० दिनको छायांकन सेड्युल रहेको निर्माण पक्षले जनाएको छ ।

सिनेमाको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोशनल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमा ले भन्नेछ ।

सिनेमाले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन हो । यो सिनेमाको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन् । मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ ।

यसैगरि, यो सिनेमामा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन् । नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको छ ।

उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनः देखिने भएका छन् । उनले ‘साँगुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत सिनेमा मा काम गरेका थिए ।

सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली सिनेमामा फर्किन लागेको मैनालीले बताएका छन् ।

हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने छ । मैनालीको प्रवेशले सिनेमा निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक राउतले बताए ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । सिनेमामा थानेश्वर गौतमको संगीत रहने बताइएको छ ।

सिनेमाको छायांकन चैत २५ गतेदेखि ४० दिनको सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti