बिहीबार अभिनेता राजेश हमालले कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याउन लागेको नाटक घरको शिलान्यास गरेका छन् ।
हमालले थिएटरको विश्व रंगमञ्च दिवसको अवसरमा शिलान्यास गरेका हुन् ।
नक्साल गैरीधारास्थित एकेडेमी परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । १४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुनेछ।
एकेडेमीका प्रमुख प्रकाश पुरीले फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु भएको बताए ।
एकेडेमीले ९ वर्षदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गराउँदै आइरहेको छ ।
आफ्ना विद्यार्थीसहित एकेडेमीले अन्य नाट्य समूह र रंगकर्मीलाईसमेत मंच प्रदान गर्ने जनाएको छ।
अभिनेता हमालले थिएटरले फिल्म र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीको लागी अवसरको दायरा फराकिलो तुल्याउने धारणा सो अवसरमा राखेका थिए ।
