निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी चलचित्र विकास बोर्डको सदस्य नियुक्त भएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनले यो नियुक्ति पाएका हुन् ।
‘अपमान’बाट २०४९ सालमा फिल्म करियर सुरु गरेका उनले ‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नुका साथै ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा समेत काम गरेका छन् ।
लोहनी यसअघि बोर्डको अन्तर्राष्ट्रिय चलचित्र प्रवर्धन समितिको सदस्य समेत थिए ।
बोर्डमा अझै एकजना सदस्यको पद रिक्त छ । सदस्य राजु खत्री क्षेत्रीको कार्यकाल १८ चैतमा सकिनेछ ।