प्रदर्शनमा आयो अञ्जनाको ‘डोरी’ प्रदर्शनमा आयो अञ्जनाको ‘डोरी’

नेपाली सिनेमा ‘डोरी’ आजदेखि नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ।

करिब १२० शो सहित रिलिज भएको यो सिनेमा काठमाडौं उपत्यकालगायत प्रमुख सिनेमा बजारमा प्रदर्शन भइरहेको छ।

हालै भएका विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत सिनेमाहरूको बुकिङ उत्साहजनक देखिएको छैन। तर, आन्दोलनका कार्यक्रमहरू सकिएपछि साँझतिर दर्शक हल पुग्ने अपेक्षा गरिएको छ।

केन्द्रीय चलचित्र जाँच पास समितिले ‘डोरी’ लाई ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ, जसका कारण १६ वर्षमुनिका बालबालिकाले यो सिनेमा अभिभावकको साथमा मात्र हेर्न पाउनेछन्।

सिनेमाका निर्देशक अरुण लामाले सामाजिक कथालाई हास्यरस, थ्रिल र हररसँग मिश्रण गरी ‘डोरी’ निर्माण गरिएको बताए।

कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले अपनत्व महसुस गर्ने उनले विश्वास व्यक्त गरे।‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाकै रहेको छ।

सिनेमामा अरुण स्वयं प्रमुख भूमिकामा देखिएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।सिनेमाका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्।

स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti