‘बिगुल’मा नरेन खड्का, भन्नेछन् सामाजिक कथा ‘बिगुल’मा नरेन खड्का, भन्नेछन् सामाजिक कथा

सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म ‘बिगुल’को निर्माण घोषणा भएको छ।

फिल्मको मुख्य अभिनेतामा नरेन खड्का अनुवन्धित भएका छन्।

‘बिगुल’को सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ।

अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए।

फिल्म ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन्। ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड पनि जितिसकेका छन्।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’मा नरेन बाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ। निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ।

यो फिल्मलाई निर्देशन रमेश कोइरालाले गर्नेछन्। उनले यसअघि ‘लीला’‘नीरमाया’ निर्देशन गरिसकेका छन्। मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन्।

एमजीपी ब्यानरमा निर्माण हुने फिल्मको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन्।

फिल्मको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माण पक्षले बताएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti