‘अभिमन्यु’मा गौमाया ‘अभिमन्यु’मा गौमाया

‘अभिमन्यु’ फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ।

निर्माण पक्षले सिनेमा का कलाकारको नाम सार्वजनिक गर्न थालेको छ।‘अभिमन्यु’ मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन्।

निर्माण पक्षले गुरुङलाई सिनेमा मा अनुबन्ध गरिएको जानकारी दिएको छ।

“हाम्रो सिनेमा का लागि कलाकार छनोट प्रक्रिया सुरु गरेका छौं। पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गरिसकेका छौं,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकारहरू पनि क्रमशः अनुबन्ध गर्दै जानेछौं।”

उनले सिनेमाको पात्रअनुसार बलियो कलाकार लाइनअप बनाउँदै जाने बताए।सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन्।

उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन्।

‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ।सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष प्रस्तुत गर्नेछ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने पात्रको संघर्ष सिनेमाको मुख्य कथा हुनेछ।

यो सिनेमा विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।सेभेन सिज सिनेमा को प्रस्तुति रहने ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्।

यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।मुकेश खनालको लेखन रहेको यस सिनेमा का क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए।सिनेमा मा शरद महतोको डीओपी रहनेछ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमा मा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताका रूपमा रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti