बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिगसँग जोडियो बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिगसँग जोडियो

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतीक्षित सिनेमा ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपर लिगमा सिनेमा ‘पिताम्बर’ मुभी पार्टनरका रूपमा समावेश भएको हो।नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।

सिनेमाकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फुटबल प्रतियोगितामा मुभी पार्टनरका रूपमा जोडिन पाउँदा खुशी लागेको बताइन्।

‘दर्शकका लागि नेपालमा खेलकुद र सिनेमा अभिन्न अंग बनेका छन्। खेलकुदका माध्यमबाट पनि सिनेमाको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं,’ उनले भनिन्।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्देशन कृषा चौलागाईंले गरेकी छन्।

सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले अभिनय गरेका छन्।

सिनेमाका निर्माता विशाल चौलागाईं हुन् भने सह-निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। कार्यकारी निर्माताको भूमिका सुमन गौतमले सम्हालेका छन्।

सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, तथा हिमाल केसीको द्वन्द्व समावेश छ। सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti