भुठानले “फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान” क्याम्पेन सुरु गर्ने भुठानले “फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान” क्याम्पेन सुरु गर्ने

आगामी वैशाख १२ गते प्रदर्शन हुने फिल्म भुठान ले प्रत्येक शुक्रबार काठमाडौंका प्रमुख चियापसल र रेष्टुरेन्टहरूमा “फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान” क्याम्पेन आयोजना गर्ने भएको छ।

यस क्याम्पेनको पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते, साँझ ५:३० बजे हुने छ। उक्त कार्यक्रममा चियापसलमा आएका दर्शकहरूले आफैं गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्नेछन् र फिल्म भुठान का टिजर र गीतको समीक्षा पनि गर्न पाउनेछन्। हरेक हप्ता एक जना सेलिब्रिटीलाई ह्यापियस्ट गेस्ट को रूपमा निमन्त्रणा गरिनेछ।

यस हप्ताको प्रमुख अतिथि कवि र संचारकर्मी रुपेश श्रेष्ठ हुने छन्, जो अन्तिममा आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा उपस्थित तीन जनाले लक्की ड्रमार्फत भुठान फिल्मको टिकट पनि जित्ने मौका पाउनेछन्।

फिल्मका एक निर्माता अविरल थापाले यस कार्यक्रमको उद्देश्य दर्शकसँग प्रत्यक्ष भेटघाट गरी सिनेमा बारे गफ गर्न र मनोरञ्जन प्रदान गर्नु रहेको बताए। थापाका अनुसार, मार्च २० तारिखमा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गर्छ र त्यसको अवसरमा वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो।

फिल्म भुठान एक आप्रवासीको कथा हो, जसले आफ्नो घर फर्कन पाउँदैन। यसलाई विनोद पौडेलले निर्देशन गरेका छन् र यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, रिचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डे लगायत हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti