चैत २२ गते रिलिज हुने प्रकाश सपुतको डेब्यू निर्देशन तथा निर्माण रहेको ‘वसन्त’ फिल्मले ट्रेलर रिलिजका लागि शनिबार ‘वसन्त-साँझ’ गर्ने भएको छ ।
चैत ९ गते हुने यस कार्यक्रममा स्वस्तिमा खड्का, प्रकाश सपुत, शान्तिश्री परियार, प्रीति आले तथा देबेन्द्र बब्लु (दि फिरन्ते)ले सांस्कृतिक प्रस्तुति दिनेछन्।
कार्यक्रम सिटी स्क्वायरमा साँझ ४ बाट सुरु हुनेछ ।
प्रकाशले आफ्नो फिल्मका लागि अपनाएको यो तरिकालाई बुद्दिमतापुर्ण कामका रुपमा हेरिएको छ ।
निर्माण घोषणादेखि नै दर्शकलाई निरन्तर आकर्षित गरिरहेको यो फिल्मले ट्रेलर लन्चका लागि अपनाएको यो शैलीले प्रभावशाली देखिन्छ ।
हालसम्म सार्वजनिक भएका प्रचार सामाग्रीका कारण दर्शकले निरन्तर यो फिल्मप्रति चासो प्रकट गरिरहेको कुरा यसका प्रचारसामाग्रीहरुमा देख्न सकिन्छ ।
वितरक तथा प्रदर्शकसमेतले यो फिल्मलाई ठूलो व्तयापार गर्न सक्षम फिल्मका रुपमा हेरेका छन्।
यसलाई एकप्रकार रिलिज अगावै हिट फिल्मका रुपमा हेरिएको छ ।
प्रकाश सपुतको लोकप्रियता र फिल्म घोषणादेखि यसले पाइरहेको चासोले यो फिल्मले सुखद अवतरण गर्ने अनुमान छ । ट्रेलर सार्वजनिक भएपछि यसले यसलाई थप माथि लाने अनुमान गर्नसकिन्छ ।
