असार २७ मा रिलिज हुनेभयो ‘यो मन त मेरो नेपाली हो’ असार २७ मा रिलिज हुनेभयो ‘यो मन त मेरो नेपाली हो’

चलचित्र “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति तय गरिएको छ। चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्म्स प्रा.लि.ले वितरण गर्नेछ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन र कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि. र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ। चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति भुल्दै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रति आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएको छ।

“यो मन त मेरो नेपाली हो” मा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व, रेनिश फागोको कलरिस्ट, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti