एसईईभर कुनै कार्यक्रममा नजाने दुर्गेशको घोषणा एसईईभर कुनै कार्यक्रममा नजाने दुर्गेशको घोषणा

दुश्मन हेरेको हेर्यौं बोलको गीतका कारण पछिल्लो समय सर्वाधिक चर्चा एवं मेला महोत्सवहरुमा हटकेक बनिरहेका गायक दुर्गेश थापाले बिहीबारदेखि सुरु हुन लागिरहेको एसईई परिक्षा अवधिभर कुनै पनि सांगितिक कार्यक्रम लगायतका मेलामहोत्सवमा नजाने घोषणा गरेका छन् ।

बुधबार फेसबुकमा एक विज्ञप्ति सार्वजनिक गर्दै दुर्गेशले यस्तो घोषणा गरेका हुन्।

‘भोलिबाट सुरुहुन गैरहेको एसईई परिक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना दिदै एसईई परिक्षा अवधीभर म नेपालका कुनैपनी कार्यक्रम नलिने घोषणा गर्दछु।’ आफ्नो फेसबुक पोस्टमा दुर्गेशले लेखेका छन् ।

सार्वजनिक विज्ञप्तिमा उनले आफूलाई कार्यक्रमहरुका लागि धेरै फोन आइरहेको भएपनि एसईई दिने विद्यार्तीको पऋाइमा असर पर्न सक्ने भएकाले एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेको छु भनेका छन् ।

‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’, उनको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी उनले एसईईमा सहभागी हुन लागेका विद्यार्थीहरुलाई पढाइमा ध्यान दिनसमेत भनेका छन् ।

‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो । त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti