निटफेस्टकाे तयारी पूरा, यी हुन्त तेस्रो संस्करणका आकर्षण निटफेस्टकाे तयारी पूरा, यी हुन्त तेस्रो संस्करणका आकर्षण

भोलि चैत ६ बुधबारदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव ९निटफेस्ट० मा हुने अन्तक्र्र्रियाहरुको तालिका सार्वजनिक भएको छ। आयोजकद्वारा सार्वजनिक तालिकाअनुसार एक हप्तासम्म चल्ने महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुने छन्।

मण्डला थिएटर, थापागाउँमा आयोजना हुने महोत्सवको नारा छ, ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’।
महोत्सवको दोस्रो दिन बिहीबार हुने एउटा अन्तक्र्र्रिया यही विषयकेन्द्रित छ। रैथाने ज्ञानको उज्यालो शीर्षकमा अध्येताद्वय भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबीच यही विषयमा अन्तरंग संवाद हुने छ।

छलफलको यो सिलसिलामा अर्को दिन शुक्रबार नेपाली रंगमञ्च र सिनेमाको मितेरीपथबारे सेसन चल्नेछ। सेसनमा हुनेछन्, निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्मा ।

शनिबारको छलफलमा मिडियामा रंगमञ्चका विषयले पाउने महत्व र त्यसको प्रस्तुतीकरणबारे रंगमञ्च र मिडियाका अभ्यासकर्ताहरुबीच भलाकुसारी हुनेछ। मिडियाको आँगनमा रंगमञ्च शीर्षकमा सम्पादक सन्तगाहा मगर, सम्पादक जनकराज सापकोटा र पत्रकार पुनम पौडेलले आफ्ना अनुभव साट्ने छन्।

आइतबार हुने राजनीतिमा कलानीति शीर्षक महोत्सवको अर्को महत्वपूर्ण सत्र हो। यसमा पूर्व संस्कृति मन्त्री सदन किराँती, युवा नेता रामकुमारी झाक्री र ठाकुर गैरेले आफ्नो धारणा राख्ने बताइएको छ।
महोत्सवकै आकर्षण मानिएको अर्को सेसन छ, सिमली छायामा बसी। सोमबारको यो सेसनमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद हुनेछ।

महोत्सवको अन्तिम सत्र झन् विशेष छ। गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर। देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मेयरहरुबीच हुने यो अन्तक्र्र्रिया संघीयताको सन्दर्भमा रंगमञ्चको बिस्तारका प्रयास र सम्भावना बुझ्न सहयोगी हुनेछ।
अन्तक्र्र्रियात्मक सेसनहरुसँगै महोत्सवमा भिक्षु आनन्दको प्रवचन पनि विशेष हुने महोत्सव संयोजक केदार श्रेष्ठले बताए।

उनले भने, रंगमञ्चले मनोरञ्जनसँगै ज्ञान निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। त्यसैले हामीले समय सान्दर्भिक छलफलहरुलाई पहिलो संस्करणदेखि नै प्राथमिकता दिँदै आएका छौं।
मानव जीवन, कला र लोकतन्त्रलाई जीवन्त राख्न पनि यस्ता बहसहरु आवश्यक हुने उनले जोड दिए।

महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले तेस्रो संस्करणमा महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी हुने बताए। नेपाली कलाप्रेमीहरुले ती कलाकारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै कुरा सिक्न सक्ने उनले बताए। उनले थपे, महोत्सवहरुमा हुने कार्यशालाहरु पनि विशेष हुन्छन्। यो महोत्सवमा स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना हुँदैछ। विदेशबाट आएका विज्ञ कलाकारहरुबाट नयाँ कुरा सिक्ने अवसर यस्तै महोत्सवहरुमा मात्र पाइन्छ।

यस पटक ४ सहरमा हुने निटफेस्ट काठमाडौंको मण्डला थिएटर सँगसँगै पोखरा, भरतप’र र बेलबारीमा पनि हुँदैछ। महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने छन्।

कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायत गतिविधिसमेत समेटिने महोत्सवमा १२ देशका १७ नाटक प्रदर्शन हुनेछ। परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्धन र हस्तान्तरणलाई समेत महोत्सवले प्राथमिकतामा राखेको आयोजकको दाबी छ। लोक नृत्य, महोत्सवमा लोकसंगीतदेखि चित्रकलासम्मका अन्य धेरै गतिविधि समावेश भएको महोत्सवमा हजारौंको सहभागिता हुने अपेक्षा राखिएको छ।

निटफेस्ट चैत १२ सम्म चल्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti