‘आउटल: दफा २१९’ले सार्वजनिक गर्‍यो भिटेनको स्वरमा नयाँ गीत: ‘हामी यस्तै त होनी ब्रो’ ‘आउटल: दफा २१९’ले सार्वजनिक गर्‍यो भिटेनको स्वरमा नयाँ गीत: ‘हामी यस्तै त होनी ब्रो’

र्यापर भिटेनको स्वरमा रहेको ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। फिल्म ‘आउटल: दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माण टिमले सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ। फिल्मको निर्माण टिमले भिटेनसँग यो गीतको अधिकार खरिद गरेर फिल्ममा समावेश गरेको हो।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ। फिल्ममा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ। नविन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ। यो फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको मुख्य भूमिका छ।

फिल्मले दर्शकहरूबाट सुखद प्रतिक्रिया पाइरहेको छ। जसको कारण पनि फिल्मले रिलिजको पाँचौं दिनमा पनि सुखद व्यापार गरिरहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti