चैत्र ८ गते, अर्थात् यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नारीप्रधान चलचित्र ‘द्रौपदी’ले सेन्सर बोर्डबाट ‘यु’ सर्टिफिकेट प्राप्त गरेको छ।
‘यु’ सर्टिफिकेट प्राप्त गरेपछि यो चलचित्र सबै उमेरका दर्शकहरूले निर्धक्क हेर्न पाउने भएका छन्। ऋषिराज आचार्य द्वारा लिखित, अभिनीत र निर्देशित यस चलचित्रको केही दिन अघि जाँचपास प्रक्रिया सम्पन्न भएको हो।
चलचित्रमा आश्वीनी शाही, रवी ओड, कबिराज, जेल्सन अधिकारी, सुजाता तिमिल्सिना, विष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज प्रमुख भूमिकामा छन्।
निर्देशक ऋषिराजकै लेखन, गीत र निर्माण रहेको यस फिल्मको सम्पादन अनिल महर्जनले गरेका छन्। सौरभ शर्माको पार्श्व संगीत र मोहनकुमार झिल्लुको छायांकन रहेको छ।
आर. बी. मुभिजको ब्यानरमा बनेको यस फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन्। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफ. डी. कम्पनी र रिच इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्दैछन्।