अभिनेता हरिवंश आचार्य अभिनित फिल्म ’भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत :
परदेशिएर वा घर देखि टाढा भएकाहरुलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ ।गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावको मार्मिक शव्दहरु छन् । गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय देखिएको छ भने सुसन प्रजापतिको अदभूत छायाँकन कला देखिन्छ।
अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, , अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।
हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । यो फिल्म आउँदो सालको वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।