सृष्टि, महेश, करिश्मा र सागरको ‘११ : ५५’ प्रोमो रिलिज सृष्टि, महेश, करिश्मा र सागरको ‘११ : ५५’ प्रोमो रिलिज

केशव पाण्डेको डेव्यु निर्देशकिय फिल्म ’११ः५५’ (डु नट ट्रस्ट एनिवन) फिल्म ११ : ५५ को प्रोमो रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै क्राइम थिल्रर फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ । सिनेमाका ५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमन रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ ।

लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । यसर्थ फिल्मले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

निर्देशक पाण्डे आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफुले डेव्यु निर्देशकिय फिल्म नै क्राइम थ्रिलर जनरा छानेको बताए । मेरो सोच अनुरुप नै कलाकार छानोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाई छ । पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti