‘जनै हराएको बाहुन’मा मिरुनापछि केकी अनुबन्धित ‘जनै हराएको बाहुन’मा मिरुनापछि केकी अनुबन्धित

फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेत्रीद्वाय केकी अधिकारी र मिरुना मगर अनुबन्धित भएका छन् । मिरुना पछि फिल्ममा केकीको आगमन भएको हो । फिल्ममा केकी र मिरुना अगाडी विजय बराल, गौरव पहाडी र रियर राई अनुबन्धित भैसकेका छन् ।

‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको भावानात्मक कथा भन्नेछ । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रा.लिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

आदित्य फिल्मस् निर्माता रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा फिल्म छायांकनमा जानेछ । यो फिल्म आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ । निर्माणपक्षका अनुसार यो फिल्म नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti