फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो फिल्म मार्फत सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका छन्।
बुधबार सार्वजनिक फिल्मको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ । टिजरले फिल्मको कथा वस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने फिल्मको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।
पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।