सबिन श्रेष्ठको ‘ए घरबेटी बा’ को प्रोमो रिलिज सबिन श्रेष्ठको ‘ए घरबेटी बा’ को प्रोमो रिलिज

कलाकार सविन श्रेष्ठले “ए घरबेटी बा”नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।

दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदैछन् ।

काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । सविन श्रेष्ठ भन्छन् मैले काम गरेका फिल्म अक्सर एक्सन जनरका छन् तर कमेडी जनरको वेवसिरिज लिएर आएका छौं ।

बाहिरबाट आएका युवायुवतिहरुले काठमाण्डौं शहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti