चैत १ गतेदेखि रिलिज हुने फिल्म दीपक रौनियार निर्देशित फिल्म ’राजागन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रोमो अनुसार फिल्म मधेश आन्दोलनको पृष्ठभूमिमा रहेर निर्माण गरिएको अनुमान गर्न सकिन्छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री आशा मगराती छिन् । आशासँगै दयाहाङ राई, निकिता चण्डक, विजय बराल, ऋचा शर्मा, घनश्याम मिश्र, आरती मण्डल, पशुपति राई, गौमाया गुरूङ लगायत अन्य कलाकारहरूको फिल्ममा अभिनय छ ।
फिल्मको निर्मातामा दीपक रौनियार, आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । बलिउड निर्देशक अनुराग कश्यम फिल्मको कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
राजागन्जले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीता जनाएर विविध विधामा पुरस्कार समेत जित्न सफल भएको छ । ’सेतो सूर्य’ पछि निर्माता तथा निर्देशक रौनियारले राजागन्ज निर्देशन एवं निर्माण गरेका हुन् ।