नायक सुशिल श्रेष्ठ स्टारर फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् ।
सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो फिल्म र यसका मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । नायक श्रेष्ठ चार वर्षपछि दर्शकमाझ आउँदैछन् । यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् । सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
यतिमात्र होइन, सुशिलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको हेर्न सकिन्छ । ट्रेलरमा फिल्मको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ । यसैले, फागुन २९ गते बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्न सक्ने आँकलन गरिएको छ ।
विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् भने फिल्ममा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ।