यो वर्षको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति आगामी साउन २४ गतेलाई तय गरेको छ।
फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुित गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । फिल्मको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । निर्माण पक्षले फिल्मको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । फिल्म विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने बताइन्छ ।