सुरक्षा पन्तको ‘कोशेढुंगा’ छायाँकन सुरु सुरक्षा पन्तको ‘कोशेढुंगा’ छायाँकन सुरु

फिल्म ‘कोशेढुंगा’को मुहूर्त सँगै छायाँकन सुरु गरिएको छ । च्यासलस्थित सेटमा फिल्मको मुहूर्त गरिएको हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी फिल्मको सुटिङका लागि स्याङ्जा जानेछ । फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायत छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti